ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नबिल इक्विटी फण्डसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

२०७८ मंसिर, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ७, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको तीन घण्टा अवधिमा नबिल इक्विटी फण्डसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।

कारोबारमा आएका २२४ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । नबिल इक्विटी फण्ड, ग्लोबल आइएमई समुन्नत स्किम - १,नबिल ब्यालेन्स फण्ड - २, सानिमा इक्विटी फण्ड र अपि पावरको शेयरमा उच्च खरीद माग रहेको हो । 

ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी ग्लोबल आइएमई समुन्नत स्किम - १ को ३ लाख ३० हजार २११ इकाई खरीद माग रहेको छ । 

त्यसैगरी नबिल ब्यालेन्स फण्ड- २ को २ लाख २६ हजार ७३६ इकाई, सानिमा इक्विटी फण्डको १ लाख ८० हजार ७९६ इकाई, अपि पावर कम्पनीको १ लाख ६८ हजार १५३ इकाई र नबिल इक्विटी फण्डको १ लाख ५४ हजार ७६९ इकाई खरीद माग रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्