ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

वीरगञ्ज भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा ५ अर्ब बढी राजस्व संकलन

२०७८ मंसिर, ७  
प्रदेश ०२
Image Not Found

मंसिर ७, वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयलले चालू आर्थिक वर्षको पहिलो चौमासिकको लागि भन्सार विभागले निर्धारण गरेको लक्ष्यभन्दा रू. पाँच अर्ब बढी राजस्व संकलन गर्न सफल भएको छ । 

आर्थिक वर्ष २०७८/७९ को साउनदेखि कात्तिकसम्मको चार महीनाका लागि भन्सार विभागले दिएको लक्ष्यभन्दा करीब आठ प्रतिशत बढी राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जानकारी दिएको छ ।

सो अवधिका लागि विभागले रू. ६५ अर्ब ११ करोड ४१ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएकोमा कार्यालयले रू. ७० अर्ब १२ करोड १४ लाख राजस्व संकलन गरेको थियो  ।

कोरोना संक्रमितको संख्या कम भएसँगै मुलुकभित्रको उद्योग व्यापारले गति लिन थालेपछि देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरीे विभिन्न वस्तुको आयात तथा निर्यातमा सुधार आएसँगै राजस्व संकलन बढ्दै गएको कार्यालयका सूचना अधिकरी सुमित गुप्ताले जानकारी दिए । 

उनले चालू आवको पहिलो चौमासिकमा वीरगञ्ज नाका प्रयोग गरी नेपालका लागि हुने सवारीसाधनको आयातबाट संकलित राजस्वमा २८ प्रतिशत र पेट्रोलियम पदार्थको आयातबाट संकलित राजस्वमा ३३ प्रतिशतले वृद्धि भएको बताए । 

चालू आवको पहिलो चौमासिकका लागि भन्सार विभागले निर्धारण गरेको भन्सार महसुलमा पाँच प्रतिशत बढी र मूल्य अभिवृद्धि करमा २६ प्रतिशतभन्दा बढी संकलन भएको कार्यालयले जानकारी दिएको छ । चालू आवको साउनदेखि कात्तिकसम्मका लागि विभागले भन्सार महसुल संकलन गर्न रू. २४ अर्ब १२ करोड ७७ लाखको लक्ष्य दिएकोमा रू. २४ अर्ब ४१ करोड ८४ लाख राजस्व संकलन गर्न सफल भएको जानकारी दिइएको छ । 

यसैगरी मूल्य अभिवृद्धि कर रू. २० अर्ब ८१ करोड २८ लाख संकलनको लक्ष्य रहेका रु २६ अर्ब ४८ करोड ९९ लाख संकलन गर्न सफल भएको वीरगञ्ज भन्सारले जानकारी दिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्