ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

१.१७ % घटेर २७३३.१४ विन्दुमा नेप्से, सबैभन्दा बढी वित्त समूहका लगानीकर्ताले गुमाए

२०७८ मंसिर, ७  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ७, काठमाडौं । साताको तेस्रो कारोवार दिन मंगलवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ३२ दशमलव २९ अंक अर्थात् १ दशमलव १७ प्रतिशतले घटेको छ । 

यो दिन नेप्से परिसुचक २ हजार ७३३ दशमलव १४ विन्दुमा कायम भएको छ । यो दिन कारोबारमा आएका २२७ ओटा धितोपत्रको ७४ लाख ४८ हजार ३६६ कित्ता शेयर रू. ४ अर्ब १६ करोड ५८ लाख ९६ हजार ५७८ मा खरीदविक्री भएको छ । 

यो दिन कारोबारमा आएका ती धितोपत्रमध्ये मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार १० प्रतिशतले बढेसँगै सकारात्मक सर्किट लागेको हो ।

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजार ९९० दशमलव १० पुगेको छ । त्यसैगरी दोस्रोमा नेपाल दुरसञ्चार कम्पनीको शेयरमूल्य २ दशमलव ५९ प्रतिशत वृद्धि भएर प्रतिकित्ता रू. १ हजार ४५७ पुगेको छ । 

मंगलवार सबैभन्दा बढी आइसीएफसी फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ८४ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ८१९ दशमलव २० मा झरेको छ । 

त्यसैगरी यो दिन सर्वाधिक शेयर खरीदविक्री नेपाल दुरसञ्चार कम्पनीको रू. ४१ करोड ५७ लाख बराबरको भएको छ । दोस्रोमा नेशनल हाइड्रोपावर कम्पनीको रू. १२ करोड २१ लाख २४ हजार बराबरको शेयर खरीदविक्री भएको छ । 

कारोबारमा आएका १३ ओटा समूहमध्ये अन्य समूहबाहेक सबै समूहको परिसूचक घटेसँगै समग्र नेप्से घटेको हो । अन्य समूहको परिसूचक शून्य दशमलव ९४ प्रतिशतले घटेको छ । 
त्यस्तै सबैभन्दा बढी यो दिन वित्त समूहका लगानीकर्ताले गुमाएका छन् । यस समूहको परिसूचक ३ दशमलव ४ प्रतिशतले घटेको हो ।

त्यसैगरी बैंकिङ समूहको परिसूचक शून्य दशमलव ८४ प्रतिशत,ब्यापार समूहको १ दशमलव ४७ प्रतिशत,होटल एण्ड टुरिजम समूहको २ दशमलव ७ प्रतिशत,विकास बैंक समूहको परिसुचक २ दशमलव २३ प्रतिशत, हाइड्रोपावर समूहको २ दशमलव ३४ प्रतिशत,निर्जीवन बीमा समूहको १ दशमलव ६२ प्रतिशत,उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ५५ प्रतिशतले घटेको छ । 

यसैगरी लघुवित्त समूहको १ दशमलव शून्य ४ प्रतिशत,जीवन बीमा समूहको  १ दशमलव २७ प्रतिशत, म्युचअल फण्डको शून्य दशमलव ४६ प्रतिशत र लगानी समूहको परिसूचक १ दशमलव ५३ प्रतिशतले घटेको छ ।

अघिल्लो कारोबार दिनको तुलनामा यो दिन कारोबार रकममा भने वृद्धि भएको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्