ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सिटिजन्स बैंककोे शाखारहित बैंकिङ्ग सेवा मुर्कुटीमा

२०७८ मंसिर, ७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ७, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल  लिमिटेडले दाङ जिल्लाको बंगलाचुली गाउँपालिकाको मुर्कुटीमा ८६ औं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

 सो स्थानमा सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी होतिदेवि वलीलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएका कम्पनीले बताएको छ । यस शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानीलगायत कम्पनीले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य रहेको बताएको छ ।

यस्तो प्रकारको सेवाबाट ग्रामीण क्षेत्रमा बैंकप्रति उल्लेखनीय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा रहेको पनि कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्