ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

थपिए ३५१ जना कोरोना संक्रमित, २७३ जना संक्रमणमुक्त

२०७८ मंसिर, ७  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ७, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप ३५१ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार  दिएको जानकारी अनुसार उक्त अवधिमा ८ हजार ७२९ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र १ हजार ४४५ ओटा एन्टिजेन परीक्षण गर्दा ३८ जना गरी  कुल ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट नौ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ । यसैगरी  नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ६९ पुगेको छ भने  हालसम्ममा ८ लाख ८९० जना संक्रमणमुक्त भएका छन् ।

हाल मुलुकभर कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ३०० रहेको छ । हाल कोरोनाका बिरामीमध्ये २२३ जना आईसीयू र ५१ जना भेन्टिलेटरमा उपचाररत्  रहेका छन् ।

सो अवधिमा २७३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्