ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सिटी होटेलले आईपीओ निष्कासन गर्ने, विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

२०७८ मंसिर, ७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ७, काठमाडौं । सिटी होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । 

कम्पनीले आईपीओ निष्कासनको लागि ग्लोबल आइएमई क्यापिटललाई शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो सम्बन्धमा कम्पनी र क्यापिटल बीच मंगलवार  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

कम्पनीका कार्यकारी निर्देशक अक्षय गोल्याणको उपस्थितिमा सम्झौतापत्रमा कम्पनीको तर्फबाट अध्यक्ष  शक्ति कुमार गोल्याण र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका हुन्।

नियामक निकायको अनुमतिपछि कम्पनीले सर्वसाधारणका लागि जारी पूँजीको १० प्रतिशत आईपीओ निष्कासन गर्ने भएको हो ।


कम्पनीले गत कात्तिक १५ गतेदेखि काठमाडौंको सोल्टिमोडमा पाँच तारे होटल, ह्यात प्लेस सञ्चालनमा ल्याएको छ । उक्त होटलमा गोल्याण ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदीलगायतका उद्यमी व्यापारी वर्गहरुको लगानी रहेको छ ।

१५३ ओटा कोठा रहेको उक्त पाँच तारे होटलमा लाइभ म्यूजिक सहितको रेष्टुरेन्ट, ब्याक्वेंट हल, जिम, स्विमिङ्ग पुल र ४०० जनासम्मको क्षमता भएको कन्फरेन्स हललगायतका सुविधाहरु रहेको कम्पनीले बताएको छ । कम्पनीले अमेरिकाको ह्यात होटेल्स कर्पोरेसनको चेन ब्राण्डका रुपमा काटमाडौंको सोल्टिमोर्डमा ह्यात प्लेस सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्