ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

जनउत्थान लघुवित्तद्वारा बाढी प्रभावितका लागि राहत वितरण

२०७८ मंसिर, ७  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ७, काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले कात्तिक महीनामा आएको बेमौसमी वर्षाका कारण क्षति ब्योहोरेका समूहलाई राहत वितरण गरेको छ । 

वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. ७, मा अवस्थित शाखा कार्यालय रैकवारविचवामा आबद्ध करीब ७०० जना, कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिकामा अवस्थित शाखा कार्यालय लालझाडीमा आबद्ध करीब ५०० जना र बर्दिया जिल्लाको गेरुवा गाउँपालिकामा अवस्थित शाखा कार्यालय शान्तिबजारमा आबद्ध ४८ जना गरी १ हजार २४८ जना समूह सदस्यहरुलाई छुट्टाछुट्टै स्थानमा औपचारिक कार्यक्रम गरी राहत वितरण गरेको हो । 

संस्थाले करीब २५ लाख रुपैयाँ बराबरको चामल २५ किलो, दाल २ किलो, तेल र नुन सहित वितरण गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले जानकारी दिए ।

वित्तीय संस्थाले पर्सादेखि कञ्चनपुर सम्मका १९ ओटा जिल्लाहरुमा ३९ ओटा शाखा कार्यालय विस्तार गरी करीब ४७ हजार न्यून तथा मध्यम आय भएका वित्तीय सेवाको पहुँचबाट बञ्चित रहेका विपन्न, समाजमा पछाडी परेका समुदायमा वित्तीय सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्