ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

ला निना घटना शुरु भएको अष्ट्रेलियाको घोषणा 

२०७८ मंसिर, ७  
अन्तरराष्ट्रिय
Image Not Found

मंसिर ७, सिड्नी (अष्ट्रेलिया) । लगातार दोस्रो वर्ष पनि ला निना घटना देखिएको अट्रेलियाले बताएको छ ।

यसको अर्थ स्थानीय स्तरमा बाढी र चक्रवात आउने जोखिम उच्च हुन्छ । पछिल्लो समय ला निनोका कारण शताब्दीमा एक पटक देखिने वर्षाले अष्ट्रेलियाका कयौं भु–भाग तहसनहस भएको छ । ला निनाका कारण विश्वका विविध हिस्सामा उल्लेख्य मौसम परिवर्तन हुन सक्ने बताइएको छ । विश्व मौसम संगठनले अहिलेसम्म ला निनाको घोषणा गरिसकेको छैन ।

तर यो पुनः देखिन सक्ने चेतावनी भने दिइएको छ । यस वर्षको घटना कमनोर हुन सक्ने अष्ट्रेलियाको मौसम विभाग (बोम) ले बताएकोे छ । ला लिना छोटो अवधिको हुने जलवायु मोडलहरुले देखाएको बोमले मंगलवार भनेको छ । शक्तिशाली आँधीले दक्षिण अमेरिकाबाट प्रशान्त महासागरको पानीको न्यानो सतहलाई इन्डोनेशियातिर लगेपछि ला निना उत्पन्न हुन्छ ।

 यसको सट्टामा सतहमा चिसो पानी आउँछ ।  अष्ट्रेलियामा ला निनाले दिउँसोको समयको तापक्रम चिसो बनाएर हिटवेब र बुशफायरको जोखिम घटाएको छ । तर यसले सामान्य अवस्थाभन्दा बढी आर्दता उत्पन्न गरेर उष्ण कटिबंधीय चक्रवातको आवृत्ति बढाउन सक्छ । 

पछिल्लो पटक ला निना घटना घट्दा बाढीका कारण हजारौं अष्ट्रेलियालीहरु विस्थापित भएका थिए भने १ अर्ब अष्ट्रेलियाली डलरभन्दा धेरैको क्षति भएको थियो । एजेन्सी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्