ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

शिक्षक–कर्मचारीलाई दलको सदस्यता नदेऊ : आयोग

२०७८ मंसिर, ८  
समाचार
NA

काठमाडौं (अस)। प्रमुख राजनीतिक दलहरू आआफ्ना दलको अधिवेशनमा केन्द्रित भइरहेका बेला निर्वाचन आयोगले सार्वजनिक पदमा बहाल रहेका प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दलको पदाधिकारी नबनाउन आग्रह गरेको छ । उनीहरूलाई पदाधिकारी तथा सदस्य बनाए सूचीबाट हटाउने चेतावनीसमेत आयोगले दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलवार एक विज्ञप्ति जारी गर्दै आयोगमा दर्ता रहेका राजनीतिक दलबाट दलको प्रदेश तथा जिल्ला समितिमा रहने पदाधिकारी एवं सदस्यको विवरण प्रदेश वा जिल्ला निर्वाचन कार्यालयमा राख्नुपर्ने भएकाले उक्त विवरण प्राप्त हुँदाका बखत त्यस्ता व्यक्ति समावेश भएको पाइएमा सूचीबाट हटाउन सम्बद्ध दललाई पत्रलेखी आयोगलाई जानकारी दिन प्रदेश वा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिएका छन् ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) अनुसार नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति राजनीतिक दलको सदस्य हुन नसक्ने स्पष्ट व्यवस्था रहेको भन्दै उनीहरूलाई राजनीतिक दलको सदस्यता वितरण नगर्न नगराउन राजनीतिक दलहरूलाई आयोगले निर्देशन दिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने शिक्षकलाई राजनीतिक गर्न दिन रोक्न नहुने बताएका छन् । उनले मंगलवार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रीय समितिको भेलालाई सम्बोधन गर्दै राजनीतिक दलहरूलाई स्थापित गराउने काम नै शिक्षकहरूले गरेको बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्