ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

दरमखोला हाइड्रो इनर्जीले पुन: आह्वान गर्‍यो वार्षिक साधारण सभा

२०७८ मंसिर, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ८, काठमाडौं । दरमखोला हाइड्रो इनर्जी लिमिटेडले पुनः साधारण सभा बोलाएको छ । कम्पनीले मंसिर ६ गतेलाई साधारण सभाको मिति तय गरेको भएपनि उक्त सभा गणपुरक संख्या नपुगेको कारण स्थगित भएको हो ।  

कम्पनीले पुनः मंसिर १४ गतेलाई साधारण सभा बोलाएको छ । सभा कामपा वडा नम्बर १०, काठमाडौंमा अपरान्ह्र १२:३० बजे विद्युतिय माध्यमबाट शुरु हुने कम्पनीले जानकारी गराएको हो ।

सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने, कम्पनीको नियमावलीको नियम २७ र २८ संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्