ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

बागलुङ र म्याग्दी जोड्ने पुल बन्दै

२०७८ मंसिर, ८  
गण्डकी प्रदेश
NA

बागलुङ । बागलुङको छिमेकी जिल्ला म्याग्दी जोड्ने अग्लो झोलुंगे पुल आइतबार शिलान्यास गरिएको छ । दुई जिल्ला जोड्ने ३८८ मिटर लामो र १७० मिटर अग्लो झोलुंगे पुलले स्थानीयवासीको यात्रालाई सहज बनाउने भएको छ ।

बागलुङ नगरपालिका–४ कुँडुलेदेखि म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर जोड्ने उक्त पुल आइतवार सांसद भूपेन्द्रबहादुर थापाले शिलान्यास गर्दै दुई जिल्लाको सम्बन्धलाई यस पुलले झन् सुमधुर बनाउनुका साथै दुवै जिल्लामा उत्पादित कृषि वस्तुको बजारीकरणका लागि पनि सहयोग पुग्ने बताए ।

उक्त पुलबाट स्थानीय पञ्चकोट शालग्राम संग्रहालयलगायत म्याग्दी, बागलुङ र पर्वतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा आवतजावत गर्न सहज हुने स्थानीयवासीको धारणा छ । बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले म्याग्दी र बागलुङको यातायातलाई जोड्न तथा दुवै जिल्लाको विकास निर्माणका लागि यो पुल कोसेढुंगा सावित हुने बताए । पुल निर्माण समितिका अध्यक्ष कृष्ण बोगटीले तीन करोड ५० लाखको लागतमा पुल निर्माण हुन लागेको जानकारी दिए ।

पुल निर्माण गर्न बानपा–४ कुडुले निवासी जयलाल सापकोटा, इन्द्र शर्मा र पशुपति सापकोटा लगायतले भुजेलचौरको करिब डेढ रोपनी जग्गा उपलब्ध गराएका छन् । गत असोजको अन्तिम साता निर्माण सम्झौता भएको र आगामी असारमा पुल तयार भइसक्ने निर्माणको जिम्मा लिएको थानी हिमशिखर जेभीका नरहरि खड्काले बताए । दैनिक सयौं सर्वसाधारण ओहोरदोहोर गर्ने ठूलो खोला खोँचमा पुल बनेपछि एक घण्टाको पैदलयात्रा पाँच मिनेटमै छोटिनेछ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्