ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नबिल बैंक–स्टारेमिट सम्झौता

२०७८ मंसिर, ८  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । नबिल बैंक र दक्षिण कोरियाको स्टारेमिट कम्पनीबीच रेमिटयान्स सम्झौता भएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रममा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र स्टारेमिटका अध्यक्ष रुद्र शर्माले विप्रेषण सम्झौतामा हस्ताक्षर गरे ।

साझेदारीअन्तर्गत दक्षिण कोरियामा रहेका नेपाली प्रवासी कामदारले नेपालमा रहेका आफ्ना परिवार, साथीभाइलाई सुरक्षित रूपमा रकम पठाउन सक्नेछन् ।

बैंकका नेपालभर रहेका १५ हजारभन्दा बढी नबिल रेमिट एजेन्टमार्फत रकम प्राप्त गर्न सकिनेछ । ट्रान्सफर गरिएको रकम नेपालका  वालेट सेवाप्रदायकको माध्यमबाट समेत तुरुन्तै कुनै पनि बैंक खातामा जम्मा गर्न सकिनेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्