ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

आन–एनटीपी टुरिजम अफेयर्स कलेज सहकार्य

२०७८ मंसिर, ८  
बजार
Image Not Found

काठमाडौं (अस) । आन र एनटीपी टुरिजम अफयेर्स कलेजबीच सहकार्य भएको छ । आनका सदस्य तथा सदस्य एजेन्सीमा कार्यरत कर्मचारीलाई विशेष छुटमा विज्ञापन, बजार तथा बिक्रीसम्बन्धी अल्पकालीन तालिम तथा दीर्घकालीन कोर्स उपलब्ध गराउने समझदारी भएको हो ।

काठमाडौंको डिल्लीबजारमा रहेको एनटीपी टुरिजम अफयेर्स थाइल्यान्डको श्रीपातुम युनिभर्सिटीको सम्बन्धन प्राप्त कलेज हो । सरकारको स्वीकृति तथा त्रिभुवन विश्वविद्यालयको समकक्षता पाएको छ ।  

सम्झौतामा आनका वरिष्ठ उपाध्यक्ष नारायणकुमार श्रेष्ठ र कलेजका अध्यक्ष दिनेशकुमार कण्ठले हस्ताक्षर गरे । हस्ताक्षर कार्यक्रममा आनका पदाधिकारी एवं सदस्य तथा कलेजका सञ्चालक र कर्मचारी उपस्थित थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्