ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

कोका–कोलाको अन–ग्राउन्ड एक्टिभेसन समापन

२०७८ मंसिर, ८  
बजार
NA

काठमाडौं (अस) । पेय पदार्थ कोका–कोलाले कोभिड महामारीको समय फ्रन्टलाइनमा रहेर काम गर्ने कर्मचारीप्रति समर्पित अन–ग्राउन्ड एक्टिभेसन सम्पन्न गरेको छ ।

कोरोना महामारीको समय अनवरत सेवामा खटिने कर्मचारीप्रति कृतज्ञता ज्ञापन गर्ने मुख्य उद्देश्यले सञ्चालन गरिएको उक्त एक्टिभेसन कार्यक्रम कोका–कोलाको सन २०२१ को दशैं क्याम्पेनअन्तर्गत धन्यवाद शीर्षकको एक हिस्सा रहेको कम्पनीले बताएको छ ।

कोकाकोला कम्पनी उक्त अन–ग्राउन्ड एक्टिभेसन कार्यक्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, स्टार अस्पताल काठमाडौं र ह्याम्स अस्पताल काठमाडौंलगायत नेपालका प्रमुख ५ कोभिड अस्पतालसँग आबद्ध भएको थियो । यस्तै, एम्बुलेन्स सेवाप्रदायक नेपाल एम्बुलेन्स सेवा, वुमन फर ह्युमन राइट्स र क्रिएसन इनको सन्जालअन्तर्गत फोहोर व्यवस्थापनमा संलग्न कामदारलगायत महामारीको समय उल्लेखनीय योगदान पुर्‍याउने अन्य १३ गैरसरकारी संस्थासँग पनि कोका–कोलाले सहकार्य गरेको थियो ।

क्याम्पेन अवसरमा कम्पनीले अग्रपंक्तिमा रहेर काम गर्ने सेवाप्रदायकलाई उपहारको रुपमा तिनको नाम छापिएको कोक बोतल र कोका–कोला कन्टोर ग्लास भएको पर्सनलाइज्ड धन्यवाद गिफ्ट बक्स उपलब्ध गराएको थियो ।

ह्याम्स अस्पतालको कोभिड वार्डमा कार्यरत रजिस्टर्ड नर्स ज्योति अधिकारीले  भनिन्,  ‘कोभिड महामारीको दोस्रो लहरमा नाजुक अवस्थाका बिरामीको सेवा गर्न नियमित कार्यघन्टा अपर्याप्त भएकाले दिनको १४ घन्टाभन्दा बढी काम ग¥यौं । यस्तो संकटसँग जुध्दै गर्दा कोका–कोला ब्रान्डले कामको प्रशंसा गरिदिँदा खुसी छौं ।’ कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले यो वर्षको दशैंमा सम्पूर्ण फ्रन्टलाइन हिरोहरुलाई हृदयदेखि नै आभार व्यक्त गर्ने सानो प्रयासस्वरूप धन्यवाद अन–ग्राउन्ड एक्टिभेसन सुरु गरिएको जानकारी दिए ।

उनले भने, ‘महामारीको समय पनि समुदायको सुरक्षाका लागि अग्रपंक्तिमा खटिएर सेवा गरेकाहरूको अनवरत परिश्रमलाई सम्मान गर्दछौं ।’

आफ्नो कठिन समय साथ दिने साथी/नातेदारलाई धन्यवाद लेखिएको कोकको बोटलको साथमा आभार व्यक्त गर्न आफ्नो उपभोक्तालाई हौसला र प्रोत्साहन दिने उद्देश्यले कोका–कोलाले गत सेप्टेम्बरमा धन्यवाद शीर्षक दशैं क्याम्पेन ल्याएको थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्