ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

आईसीपीमा कार्यरत मजदूर आन्दोलित

२०७८ मंसिर, ८  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर । एकीकृत भन्सार जाँच चौकी (आईसीपी) विराटनगरमा कार्यरत श्रमिक ट्रान्स नेपाल थ्रेड सर्भिस प्रालिले श्रम शोषण गरेको भन्दै आन्दोलित भएका छन् । ट्रान्स नेपाल अन्तर्गत रहेर काम गर्ने श्रमिकहरू श्रम ऐन अनुसार सेवा सुविधा नपाएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । ट्रान्स नेपाल अन्तर्गत विराटनगर भन्सारमा करीब ३०० जना श्रमिक छन् । उनीहरूले सोमवार आईसीपी बाहिर पत्रकार सम्मेलन गरी आन्दोलन सशक्त बनाइने चेतावनी दिएका छन् ।

श्रम ऐन अनुसार सेवा सुविधा माग्दै विभिन्न चरणको छलफल र वार्तामा बस्दा पनि ट्रान्स नेपालले माग सुनवाइ नगरेको गुनासो श्रमिकको छ । आफूहरू बाध्य भएर आन्दोलित हुनुपरेको लामो समयदेखि भन्सारमा काम गर्दै आएका शम्भुकुमार यादवले बताए । ‘भन्सारमा काम गरेको वर्षौं भइसक्यो । अहिलेसम्म श्रम ऐनले तोकेको न्यूनतम सेवा सुविधा पनि दिएको छैन । ऐन नियम अनुसारको सेवा सुविधा माग्दा अहिलेसम्म हाम्रो माग सुनवाइ भएन,’ उनले भने । ट्रान्स नेपाल थ्रेड सर्भिस प्रालिले इन्टरमोडल यातायात विकास समितिबाट पाँच वर्षका लागि आईसीपी व्यवस्थापनका लागि ३५ करोडभन्दा बढी रकममा ठेक्का पाएको हो । कम्पनीले यहाँ ठेकेदारमार्फत कामदार आपूर्ति गर्छ । श्रमिकले श्रम ऐन अनुसार सेवा सुविधा पाउनुपर्ने लगायत ९ सूत्रीय माग राखेका छन् । माग पूरा नभए मङ्सिर १२ गतेदेखि आईसीपी ठप्प पार्ने चेतावनी उनीहरूको छ ।

यता, ट्रान्स नेपाल थ्रेड सर्भिस प्रालि विराटनगरका कार्यालय प्रमुख लक्ष्मी सुब्बाले भन्सारमा काम गर्ने श्रमिक स्वतन्त्र भएकाले आफ्नो कर्मचारी नभएको बताए । ‘हामीसँग उनीहरूको कुनै सम्बन्ध छैन,’ उनले भने ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्