ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सबैको लघुवित्तको पाँचौं साधारण सभा पुस ३ गते, ३२.६८% लाभांशको प्रस्ताव

२०७८ मंसिर, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ८, काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ३ गते पाँचौं साधारण सभा बोलाएको छ । कम्पनीले बन्दिपुर माउन्टेन रिसोर्ट, तनहुँमा बिहान ११ बजे सभा बोलाएको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्तापूँजीको ३१ दशमलव शून्य ५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ६३ प्रतिशत नगद लाभांश गरी कुल ३२ दशमलव ६८ प्रतिशत वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले अन्य उपयुक्त वित्तीय संस्थासँग मर्जर अथवा प्राप्ति सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने, प्रवन्धपत्रको दफा ६ को उपदफा (ख) र (ग) संशोधन गर्ने लयायतका प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीलेले मंसिर १७ गतेदेखि पुस २ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर १६ गतेसम्मका कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्