ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

आर्थिक अभियान दैनिकका सम्पादकीय निर्देशक गौतम सम्मानित

२०७८ मंसिर, ८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ८, काठमाडौं । आर्थिक अभियान दैनिकका सम्पादकीय निर्देशक केशव गौतम सम्मानित भएका छन् । 

बुधवार क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा आयोजित ‘अर्थचित्र’ विमोचन तथा पत्रकार सम्मान कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले गौतमलाई सम्मान गरेका हुन् । 

विगत २० वर्षदेखि आर्थिक पत्रकारिताको क्षेत्रमा पुर्‍याएको योगदान स्वरुप गौतमलाई सम्मान गरिएको हो । सो अवसरमा पत्रकार गौतमले आफूलाई सम्मानको योग्य ठान्ने नाफिजलाई धन्यवाद दिंदै आर्थिक पत्रकारले आर्थिक क्षेत्रमा खोजी गरी रिपोर्टिङ गर्नुपर्ने बताए । उनले आर्थिक पत्रकारहरुमा भाषालाई सहज र सरल बनाउन निकै चुनौती रहेको पनि बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्