ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नेपाल एसबिआई बैंकद्वारा ५.३१% लाभांश प्रस्ताव

२०७८ मंसिर, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ८, काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ५ दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजीको ३ दशमलव ५० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि १ दशमलव ८१ प्रतिशत नगद लाभांश गरी कुल ५ दशमलव ३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको ४७७औं बैठकले उक्त दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी कम्पनीको वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्र शेयरधनीले पाउनेछन् ।

हाल कम्पनीको चुक्तापूँजी रू. ९ अर्ब ४९ करोड ३५ लाख ७७ हजार ८८७ रहेको छ । ३ दशमलव ५० प्रतिशत बोनस वितरण पश्चात उक्त पूँजी रू. ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजार ११३ पुग्नेछ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्