ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

आईसीएफसी फाइनान्सले पुस ५ गते बोलायो १८औं साधारण सभा

२०७८ मंसिर, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ८, काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले पुस ५ गते १८औं वार्षिक साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौंमा बिहान १० बजे शुरु हुने जानकारी दिएको छ ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि ४ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी, उक्त सभाले कम्पनीको प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर २३ गतेदेखि पुस ५ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर २२ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्