ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सुनको भाउ घट्ने क्रम जारी : बुधवार प्रतितोला ५०० रुपैयाँको गिरावट

२०७८ मंसिर, ८  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ८, काठमाडौं । नेपाली बजारमा बुधवार पनि सुनको मूल्य घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् मंगलवार रू. १ हजार ६०० ले घटेको सुनको भाउ बुधवार रू. ५०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ९१ हजार ८०० मा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार ३०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. ५०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ३०० मा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ८०० मा कारोबार भएको थियो ।

यस्तै, बुधवार चाँदीको मूल्य पनि घटेको छ । मंगलवार प्रतितोला रू. १ हजार २५५ मा कारोबार भएको चाँदी बुधवार रू. ३० ले घटेर रू. १ हजार २२५ मा किनबेच भइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्