ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सरकार र निजी क्षेत्र बीच आपसी समन्वय अपरिहार्य : अर्थमन्त्री शर्मा

२०७८ मंसिर, ८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ८, काठमाडौं । अर्थमन्त्री जर्नादन शर्माले सरकार र निजी क्षेत्र बीच आपसी समन्वय अपरिहार्य रहेको बताएका छन् । 

क्रियाशील आर्थिक पत्रकारहरुको साझा संस्था नेपाल आर्थिक पत्रकार संघ (नाफिज) द्वारा बुधवार आयोजित ‘अर्थचित्र’ विमोचन तथा पत्रकार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । उनले मुुलुकको विकासका लागि निजी क्षेत्रको महत्वपूर्ण भुमिका रहँदै आएको बताएका छन् ।

मन्त्री शर्माले देशमा साधनस्रोत, पूँजी र श्रमको अभाव नरहेको बताए । ‘तर व्यवस्थापन गर्ने क्षमतामा कमजोरी देखिएको छ’, उनले भने, ‘निजी क्षेत्र राम्रो हुने तर सरकारी क्षेत्र कमजोर हुने मुख्य कारण नै व्यवस्थापन क्षमतामा कमजोरी हुनु हो, त्यसैले व्यवस्थापन क्षमता बढाउन आवश्यक छ ।’

अर्थमन्त्री शर्माले आर्थिक संकट/कोरोना महामारीको बेलामा निजी क्षेत्रसँग सहकार्य गरेर सरकारले काम गरिरेको बताएका छन् । उनले भने ‘सार्वजनिक क्षेत्रको विकासको लागि निजी क्षेत्रको सफलता देखेर काम गर्न सरकारले योजना बनाएको छ ।’

उनले कोभिड पछिको आर्थिक पुनरूउत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलित उपलब्ध हुन नसकेको तर सरकारको प्रयास जारी रहेको बताए ।  उनले भने,’आर्थिक पुनरूउत्थानमा सरकारको सहुलियत दिने प्रयास जारी छ, तर  पूर्ण छैन, राहतका कार्यक्रम निजी क्षेत्रको अपेक्षाकृत छैन । त्यसलाइ पुरा गर्ने प्रयास जारी छ ।’

मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रशंसायोग्य भएको भन्दै उनले ठूला पुर्वाधार निर्माणमा सरकारसँग मिलेर निजी क्षेत्रलाई अगाडि बढ्न आग्रह गरे ।

मन्त्री शर्माले आर्थिक क्षेत्रमा देखिएको विकृति र विसंगतीलाई औंल्याउने काम आर्थिक पत्रकारहरुले गर्न आवश्यक रहेको समेत बताएका छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्