ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

प्राइम लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने बिहीवार अन्तिम दिन

२०७८ मंसिर, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ८, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार (मंसिर ९ गते) रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि शुक्रवार (मंसिर १०) गते बुक क्लोज गर्ने भएसँगै बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले मंसिर १९ गते साधारण सभा आयोजना गरेको छ । सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा दिनको २ बजे गर्ने कम्पनीले जानकारी गराएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्