ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सामलिङ्ग पावरको आईपीओ सूचीकृत, बिहीवारदेखि कारोबारमा आउने

२०७८ मंसिर, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ८, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  बुधवार सामलिङ्ग पावर कम्पनी लिमिटेडको आईपीओ सूचीकृत भएको छ ।

कम्पनीको ५० लाख कित्ता आईपीओ सूचीकृत भएको छ । अब कम्पनीको शेयर बिहीवारदेखि दोस्रो बजारमा कारोबारमा आउने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्यरेञ्ज रू. ९८ दशलमव ७७ देखि २९६ दशमलव ३१ तोकेको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्यरेञ्ज तोक्ने गर्दछ । कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ७ लाख ३० हजार कित्ता, उद्योग प्रभावित क्षेत्रका लागि निष्कासन गरेको ५ लाख कित्ता र कम्पनीका संस्थापकहरुको ३७ लाख ७० हजार कित्ता गरेर कुल ५० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

कम्पनीको स्टक सिम्बोल एसपिसी रहेको छ । मंसिर ८ गते नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै बिहीवारबाट कारोबारमा आउन लागेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्