ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

आईसीएफसी फाइनान्ससहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

२०७८ मंसिर, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ८, काठमाडौं । बुधवार बजार खुलेको तीन घण्टाको अवधिमा कारोबारमा आएका २२२ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।

ग्लोबल आइएमई समुन्नत स्किम - १, आईसीएफसी फाइनान्स, महालक्ष्मी विकास बैंक, एनआईबिएल प्रगति फण्ड र अपि पावर कम्पनीको धितोपत्रमा उच्च खरीद माग रहेको हो ।

यी पाँच ओटा धितोपत्र मध्ये ग्लोबल आइएमई समुन्नत स्किम - १ को ७ लाख १८ हजार ८०० इकाई खरीद माग रहेको छ । त्यसैगरी आईसीएफसी फाइनान्सको २ लाख ८८ हजार ३७१ कित्ता, महालक्ष्मी विकास बैंकको २ लाख ७० हजार ५०८ कित्ता, एनआईबिएल प्रगति फण्डको २ लाख १७ हजार ८७२ र अपि पावर कम्पनीको २ लाख २ हजार ३७१ कित्ता खरीद माग रहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्