ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नागरिक लगानी कोषद्वारा १ करोड ६८ लाख कोभिड मुत्यु भुक्तानी

२०७८ मंसिर, ८  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

  मंसिर ८,  काठमाडौं । नागरिक लगानी कोषले कोभिड–१९ को प्रकोपबाट मृत्यु भएका सहभागीका हकवालालाई १ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ ।

कोभिड–१९ को शुरुआतदेखि नै कोभिडबाट मृत्यु हुनेका आश्रित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैयाँ उपलब्ध गराउने कोषले निर्णय गरेको थियो ।     
     
 सोही क्रममा कोषले गत साउन ५ गतेसम्म कोभिडबाट मृत्यु भएकाको आश्रित परिवाारलाई सो रकम उपलब्ध गराएको बताएको छ । कोषले हालसम्म कोभिडबाट मुत्यु भएकाका ८४ जना सहभागीका हकवालालाई कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोषबाट सो रकम प्रदान गरेको हो ।

कोषका वरिष्ठ अधिकृत तारानाथ भट्टराई र अधिकृत पुरुषोत्तम भट्टराईले कोभिडबाट मृत्यु भएका कोषका सहभागी बुटवल निवासी कन्हैया थारुकी श्रीमती पार्वती थारुलाई बुधवार २ लाख रुपैयाँको चेक हस्तारण गरेका थिए ।

चेक प्राप्त गरेपछि थारुले कोषबाट प्राप्त उक्त रकमले आफुलाई राहत पुगेको बताइन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्