ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

२७३४.९४ विन्दुमा नेप्से, ४ अर्ब २१ करोड बराबरको शेयर खरीदविक्री 

२०७८ मंसिर, ८  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ८, काठमाडौं । साताको चौथो कारोबार दिन बुधवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा १ दशमलव ८२ अंकले बढेको छ ।

यो दिन नेप्से परिसूचक २ हजार ७३४ दशमलव ९४ विन्दुमा पुगेको छ । यो दिन कारोबारमा आएका २२७ ओटा धितोपत्रको ७४ लाख ४५ हजार २२७ कित्ता रू. ४ अर्ब २१ करोड ७४ लाख १५ हजार ३३६ दशमलव ५२ मा खरीदविक्री भएको हो । 

कारोबारमा आएका ती धितोपत्रमध्ये मैलुङ खोला जलविद्युत् कम्पनीकोको शेयरमूल्य सबैभन्दा बढी  अर्थात् ९ दशमलव ४७ प्रतिशतले वृद्धि भएको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.५६५ मा पुगेको हो । 

त्यसैगरी यो दिन दोस्रोमा कर्णाली डेभलपमेण्ट बैंकको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ६ दशमलव ६५ प्रतिशतले वृद्धि भएर रू.४६५ पुगेको छ । 
बुधवार सबैभन्दा बढी गोर्खाज फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा  २ दशमलव ५५ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू.८४२ मा झरेको हो । 

त्यसैगरी यो दिन सर्वाधिक शेयर खरीदविक्री नेपाल दुरसञ्चार कम्पनीको  भएको छ । उक्त कम्पनीको रू.२६ करोड १५ लाख ५६ हजार बराबरको शेयर खरीदविक्री भएको हो । 
यो दिन कारोबारमा आएका १३ ओटा समूहमध्ये तीन ओटा समूहको परिसूचक घटेको छ भने बाँकी १० ओटा समूहको परिसूचक बढेको छ । बैंकिङ समूहको परिसूचक शून्य दशमलव ४ प्रतिशत, व्यापार समूहको १ दशमलव २८ प्रतिशत र जीवन बीमा समूहको शून्य दशमलव ४१ प्रतिशतले घटेको छ । 

समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी वित्त समूह रहेको छ । उक्त समूहको परिसूचक १ दशमलव ४१ प्रतिशतले बढेको छ । 

त्यसैगरी होटल एण्ड टुरिजम समूहको परिसूचक शून्य दशमलव शून्य ६ प्रतिशत,विकास बैंक समूहको शून्य दशमलव ८१ प्रतिशत,हाइड्रोपावर समूहको शून्य दशमलव ७४ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशलमव ३ प्रतिशतले वृद्धि भएको छ । 

यसैगरी उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव ४२ प्रतिशत, अन्य समूहको शून्य दशमलव २५ प्रतिशत,माइक्रोफाइनान्स समूहको शून्य दशमलव शून्य ६ प्रतिशत,म्युचुअल फण्ड समूहको शून्य दशमलव २१ प्रतिशत र लगानी समूहको शून्य दशमलव ६४ प्रतिशतले वृद्धि भएको छ । 

यो दिन दिनभर बजार उतावचढाव भइरह्यो । इन्ट्राडे कारोबारमा नेप्से २ हजार ६९५ विन्दुलाई छोएर फर्किएको छ । यतिवेला लगानीकर्ताहरु मौद्रिक नीति समिक्षाको पर्खाइमा रहेका छन् । पछिल्लो समय लगानीकर्ताहरु छोटो समयमा नै नाफा बुक गर्नेतर्फ सक्रिय भएकाले पनि बजारमा छिटो छिटो करेक्सन आएको हो । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्