ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

थपिए ३३२ जना कोरोना संक्रमित, संक्रमणमुक्त भए २३२ जना

२०७८ मंसिर, ८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ८,  काठमाडौं । नेपालमा  विगत २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार सो अवधिमा ९ हजार ९२० जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । उक्त अवधिमा ७ हजार ५९० जनाको पीसीआर परीक्षण र २ हजार ३३० जनाको एन्टिजेन परीक्षण गरिएको थियो। मन्त्रालयका अनुसार हाल नेपालमा हाल ७ हजार ३६९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।

यसैगरी सो अवधिमा कोरोना भाइरसको संक्रमणबाट चार जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाका संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ४९३ पुगेको छ। उक्त अवधिमा २३२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले बताएको छ। हाल नेपालमा कोरोनाबाट निको हुने दर ९७ दशमलव ७ प्रतिशत रहेको छ।

यसैबीच सो अवधिमा काठमाडौं उपत्यकामा १८१ जना कोरोना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौ जिल्लांमा १४४ जना, ललितपुर जिल्लामा २६ जना र भक्तपुर जिल्लामा ११ जना संक्रमित थपिएका छन्।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्