ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

२०७८ मंसिर, ८  
समाचार
Image Not Found

मंसिर ८, काठमाडौं । बैंकिङ कसुरमा दोषी ठहर भई फरार काठमाडौं महानगरपालिका–१० घर भई ललितपुरको सानागाउँ दुर्गा शाही सापकोटालाई प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको विसं २०७७ मंसिर १६ को आदेशले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम सात दिन कैद र रू. १३ लाख ६५ हजार जरिवाना हुने फैसला सुनाएको थियो । 

त्यसपछि फरार सापकोटालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलासमा परिचालित टोलीले पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि आजै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । 

सापकोटाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी बैंकको चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेको ठहर भएको थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्