ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नेपाल बैंकले त्रिभुवन विश्वविद्यालयका कर्मचारीलाई सुलभ कर्जा दिने     

२०७८ मंसिर, ८  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ८, काठमाडौं । नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्व विद्यालय(त्रिविवि) बीच विश्व विद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीहरुलाई विनाधितो १५ लाख रुपैयाँसम्मको कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । 

उक्त सम्झौताअनुसार नेपाल बैंक लिमिटेडले त्रिविविको सिफारिसको आधारमा त्यहाँ कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई आम्दानीको आधारमा विनाधितो सुलभ ब्याजदरमा सेवाग्राहि कर्जा उपलब्ध गराउने छ । 

बुधवार आयोजित एक समारोहमा त्रिविविका उपकुलपति प्राडा धर्मकान्त वास्तोला र नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको उपस्थितिमा त्रिविविका आर्थिक महाशाखा प्रमुख कुमार प्रसाद हुमागाई र बैंकका तर्फबाट प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा त्रिविविका उपकुलपति प्राडा बास्तोलाले नेपाल बैंक र त्रिविवि बीचको धेरै पुरानो सम्बन्ध रहेको बताउँदै कर्जाको सम्झौताबाट त्रिविविमा कार्यरत सम्पूर्ण प्राध्यापक÷शिक्षक तथा कर्मचारीहरुले बढीभन्दा बढीलाभ लिन सक्ने बताए ।

उक्त अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले देशको दुई ओटा जेठा संस्थाहरु बीच ऐतिहासिक सम्बन्ध रहेको बताउँदै सेवाग्राही कर्जाको यस्तो सम्झौताबाट विश्वविद्यालयका सम्पूर्ण कर्मचारीहरु लाभान्वीत हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्