ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

आयकर बढी तिर्ने ४ ओटा कम्पनी सम्मानित

२०७८ मंसिर, ८  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ८, सुनसरी । आन्तरिक राजस्व कार्यालय इटहरीले दशौं कर दिवसको अवसरमा अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी कर दाखिला गर्ने इटहरीको एक लघुवित्त संस्था सहित ४ ओटा संस्थालाई सम्मान गरेको छ । 

इटहरीमा मुख्य कार्यालय रहेको सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडलाई राजस्व कार्यालय इटहरीले आर्थिक वर्ष २०७६/७७ मा सबैभन्दा बढी कर तिर्ने वित्तीय संस्थाको रुपमा सम्मान गरेको हो ।

सबैभन्दा बढी आयकर दाखिला गर्नुका साथै सपोर्ट लघुवित्तले हरेक खालका करहरु नियमित रुपमा तिरेको साथै सूचकांकहरु अपडेट गरेकाले पनि सम्मानको हकदार भएको राजस्व कार्यालयले जानकारी दिएको छ । 

सुनसरी जिल्लामा सेवामुलक संस्थामध्ये वित्तीय संस्थातर्फ तीन ओटा कम्पनीहरु छन् जसमा धरान मुख्य कार्यालय रहेको मितेरी डेभलपमेन्ट बैंक, दुहवीमा मुख्य कार्यालय रहेको फरवार्ड माइक्रोफाइनान्स र इटहरीको सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड हुन् । 

सपोर्ट लघुवित्तसँगै उत्कृष्ट करदाताका रुपमा प्रभु फ्युल प्रालि इटहरीका सञ्चालक लिलम बस्नेत, सुदर्शन सेक्युरिटी सर्भिसेज प्रालिका डम्बरबहादुर तामाङ, धरान प्लाष्टिकका रविस सायेवाला लाई सम्मान गरिएको थियो । सम्मानित संस्थाहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश नम्बर १ का प्रमुख सचिव डा.रामप्रसाद घिमीरेले सम्मान गरेका थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्