ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना 

२०७८ मंसिर, ८  
गण्डकी प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

कार्तिक ८, पर्वत । पर्वत अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयको पहलमा चुजी फाउन्डेशन ताईवानको सहयोगमा ४० सिलिण्डर क्षमताको प्लान्ट स्थापना गरिएको हो । 

दैनिक ४० सिलिण्डर भर्न सकिने क्षमताको प्लान्ट जडान पछि अब पर्वत जिल्लामा कहिल्यै पनि अक्सिजनको अभाव सिर्जना नहुने अस्पताल प्रशासनले जानकारी दिएको छ ।

कम्प्रेसर मशिन सहितका उपकरणहरू जडान भए पनि त्यसको सञ्चालनको लागि २२० भोल्ट माथिको विद्युत् आपूर्ति आवश्यक पर्नुका साथै त्यसका लागि मात्रै छुट्टै ट्रान्सफर्मर सहितका विद्युतीय उपकरणहरू आवश्यक पर्ने भएकाले त्यसको समेत व्यवस्थापन गर्न थालिएको अस्पतालका प्रमुख डा. ढुण्डीराज पौडेलले जानकारी दिए ।

एशोसिएसनको सहयोगमा प्लान्ट र पर्वतमा सक्रिय ८ ओटा लायन्स क्लवहरुको सहयोगमा कम्प्रेसर आएको भए पनि त्यसको जडान र सञ्चालनको लागि आवश्यक पर्ने विद्युतीय आपूर्तिको लागि बजेट व्यवस्थापनको काम अस्पतालले नै गर्नुपर्ने छ ।

त्यसका लागि झन्डै रू. १२ लाखभन्दा बढीको लागत लाग्ने अनुमान गरिएको छ । १५ शय्या क्षमतामा रहेको अस्पताल ५० शय्या क्षमतामा स्तरोन्नति गर्नका लागि बनेका भवनको काम करीब अन्तिम चरणमा आएसँगै अस्पतालको सेवा पनि नयाँ भवनहरूबाट शुरु हुने भएकाले जडान गर्न लागिएको प्लान्टलाई पुरानो भवन र अहिले राखिएका शय्यामा प्रयोग नहुने गरी जडान गर्न लागिएको छ । 

झन्डै रू. ७५ लाखको लगानीमा नयाँ अक्सिजन प्लान्ट आएको हो भने कम्प्रेसर मेशिनका लागि लायन्स क्लबहरूले रू. ३५ लाख रुपैयाँ लगानी गरेका छन् ।

अस्पतालमा यस अगाडि नै जडान गरिएको अक्सिजन प्लान्ट अहिले बिग्रिएको अवस्थामा रहेको छ । जसका कारण प्लान्टबाट शय्यमा लगिएका पाइपलाईनमार्फत अक्सिजनको आपूर्ति हुन सकिरहेको छैन ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्