ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

आज ‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ कार्यक्रम

२०७८ मंसिर, ८  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । न्यू बिजनेश एज प्रालिको आयोजनामा ‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ कार्यक्रम आज (बिहीवार) हुँदैछ ।
 
नवीनतम सोच लिएर उद्यम गरिरहेकाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सातै प्रदेशबाट उद्यमीहरू छनोट गरेर ल्याइएको छ । स्वतन्त्र विज्ञहरू सम्मिलित निर्णायक मण्डलबाट उत्कृष्ट छनोट गरिएकालाई नगद पुरस्कारसहित अवार्ड, प्रमाणपत्र दिन लागिएको हो ।

न्यू बिजनेश एज प्रा.लि.ले आयोजना गरेको समिट एन्ड अवार्ड समारोहमा पहिलो चरणमा सर्ट लिस्टमा परेका पाँच जना उद्यमीको घोषणा गरिँदै छ भने दोस्रो चरणमा प्यानलमा छलफल हुँदै छ, तेस्रो चरणमा उत्कृष्ट उद्यमीहरूलाई सम्मान गरिनेछ ।

प्यानलअनुसार हुने छलफलमा (अलिबाबा ग्रूप) अन्तर्गत दराज नेपालका एमडी लिनो आलेरिङ, जेनिस सोलुशनका संस्थापक एवम् ग्लोबल सीटीओ अञ्जनी फुयालले विशेषगरी आफ्ना अनुभव सुनाउनेछन् । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत रहेको महिला उद्यमशीलता विकास समिति सहअध्यक्ष जुना माथेमा, हाम्रो पात्रोका अपरेशन म्यानेजर आश्रय दीक्षितले स्टार्टअप शुरू गर्दा आइपर्ने समस्या, चुनौती र अवसरका बारेमा प्यानल छलफलमा चर्चा गर्नेछन् ।

स्टार्ट अपका लागि राज्यले गरिरहेको कामकारबाहीका बारेमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारीले प्यानल छलफलमा चर्चा गर्नेछन् । प्यानल छलफलको सहजकर्ता उद्यमी सुमन शाक्य रहेका छन् ।

त्यसलगत्तै उत्कृष्ट हुनेहरूलाई नगद, ट्रफी तथा प्रमाणपत्रले सम्मान गर्ने कार्यक्रम तय गरिएको छ । बेस्ट स्टार्ट अप अफ दर इयर हुनेले नगद १ लाख पाउनेछन्, दोस्रोले नगद ५० हजार, तेस्रो हुनेले नगद २५ हजार पाउनेछन् । महिलाले नेतृत्व गरेको एउटा बेस्ट स्टार्ट अपलाई पनि सम्मान गरिँदै छ । त्यस्तै स्टार्ट अपका रूपमा शुरू भएर हाल सफलता पाइसकेका दुईओटा कम्पनीलाई पनि सम्मान गरिँदै छ । साथै देशका प्रत्येक प्रदेशबाट एकएकओटा गरी सात ओटालाई उदाउँदो स्टार्ट अपका रूपमा सम्मान गरिँदै छ ।

न्यू बिजनेश एजले आयोजना गरेको समिट एन्ड अवार्डअन्तर्गत विभिन्न चरणमा कार्यक्रम भइसकेका छन् । गत कात्तिक २९ गते छनोटमा परेका ३० ओटा स्टार्ट अप उद्यमीलाई ‘मार्केटिङ र ब्रान्डिङ’का बारेमा नेपाल उद्योग वाणिज्य महासंघमा विशेष प्रशिक्षण दिइएको थियो । त्यसअघि कात्तिक १२ गते देशभरका स्टार्ट अपहरूलाई लक्षित अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम अनलाइनमार्फत गरिएको थियो । देशभरीबाट यसमा १५ सयभन्दा बढी सहभागी थिए ।

आज सम्पन्न हुने ‘न्यूबिज स्टार्ट अप समिट एन्ड अवार्ड’ को मुख्य प्रयोजकमा कुमारी बैंक लिमिटेड र सहप्रायोजकमा गरिमा विकास बैंक लिमिटेड रहेको छ । ‘एशोसिएट पार्टनर’ मा नेपाल उद्योग वाणिज्य महासंघ स्टार्ट अप इन्नोभेशन कमिटी, एनवार्ईएफ तथा डिसहोम फाइबरनेट रहेका छन् । यस्तै अवार्ड कार्यक्रमलाई सिटिजन लाइफ इन्स्योरेन्स, आईएमई तथा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र व्यञ्जनले सहयोग गरेका छन् । कार्यक्रमको इन्फ्रा पार्टनर मन्सिरी ट्रेडिङ र टेक्निकल पार्टर मेङ्गो टेक छन् ।

न्यू बिजनेश एजले विगतमा पनि विभिन्न अवार्ड कार्यक्रम गर्दै आएको छ । गतवर्षदेखि उसले महिला उद्यमीहरूलाई पनि सम्मान गर्ने कार्यक्रम थालेको छ भने २०१३ देखि उत्कृष्ट व्यवस्थापन कलेजहरु तथा उत्कृष्ट कम्पनीहरूलाई छनोट गरेर पुरस्कृत गर्दै आएको छ ।

यो पनि हेर्नुस् :

‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ कार्यक्रम : उद्यमीलाई विशेष प्रशिक्षण

‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’: अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रमका सहभागीहरूको प्रतिक्रिया

‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ अन्तर्गतको अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम (फोटो फिचर)

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्