ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य समायोजन

२०७८ मंसिर, ९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ९, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीवार नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा) को बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले ८ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ३३१ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू. ३५८ को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

बैंकले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी मंसिर २९ गते साधारण सभा बोलाएको छ । सभा बिहान ९ बजे अनुपम फुडल्याण्ड एण्ड ब्यांक्वेट बत्तिसपुतली, काठमाडौंमा कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्