ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

दुई ओटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

२०७८ मंसिर, ९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ९, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स र बैंक अफ काठमाण्डूको लाभांश सुरक्षित गर्ने आज (बिहीवार) अन्तिम दिन रहेको छ ।

दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि शुक्रवार (मंसिर १० गते) बुक क्लोज गर्ने भएसँगै आज अर्थात् बिहीवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

प्राइम लाइफ इन्स्योरेन्सले आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७८९४ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले मंसिर १९ गते साधारण सभा आयोजना गरेको छ । सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा दिनको २ बजे गर्ने कम्पनीले जानकारी गराएको छ ।

त्यस्तै, बैंक अफ काठमाण्डूले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले आगामी मंसिर २९ गते साधारण सभा आयोजना गरेको छ ।

सभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा हुने कम्पनीले जानकारी गराएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्