ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

मेरो माइक्रोफाइनान्सको शेयरमूल्य समायोजन

२०७८ मंसिर, ९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ९, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीवार मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले २० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार २०० तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बुधवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ४४० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बिहीवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी मंसिर २४ गते साधारण सभा आयोजना गरेको छ । सभा होटल वाटर टावर विदुर ४ बट्टार नुवाकोटको सभाकक्षमा बिहान ११:३० बजे बोलाएको कम्पनीले जानकारी दिएको छ । 

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्