ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

तामाकोशीको शेयर सबै सञ्चयकर्तालाई

२०७८ मंसिर, ९  
१० वर्ष अघि
NA

देशकै हालसम्म सबभन्दा ठूलो लगानी हुने परियोजना माथिल्लो तामाकोशीमा कर्मचारी सञ्चय कोषका सबै सञ्चयकर्ताले शेयर लगानी गर्न पाउने भएका छन् । सञ्चय कोषको भागमा माथिल्लो तामाकोशीको १८ प्रतिशत शेयर परेको छ । यो करिब २ अर्ब बराबरको हुन आउँछ । अहिले सञ्चयकोषमा सञ्चयकर्ता ४ लाख ४० हजार छन् । यी मध्ये सबैले माथिल्लो तामाकोशीमा शेयर लागनी गर्न पाउने कोषका प्रमुख प्रशासक डा. रमेश कुमार भट्टराईले जानकारी दिए । ‘तर कसले कति बराबरको सेयर पाउने भन्ने अहिले निश्चित भइसकेको छैन । यसको संयन्त्र विकास गर्न बाँकी छ ।’ भट्टराईले अभियानसँग भने । टेलिकमले कर्मचारीलाई शेयर दिँदा अपनाएका जस्तै संयन्त्र पनि प्रयोग गर्न सक्ने उनले संकेत गरे ।

सेयर दिइने आधार कर्मचारीको पदीय हैसियत नहने पनि भट्टराईले स्पष्ट पारे । उनी भन्छन्, ‘माथिल्लो तहकाले बढी र तल्लो तहकाले कम सेयर पाउने हुँदैन । यो कर्मचारीको कोषमा जम्मा भएको रकम र उसले सञ्चय गर्न थालेको अवधि दुवै हेरेर समानुपातिक आधारमा निर्धारण हुनेछ ।’ गत असार मसान्तसम्म सञ्चय कोषमा तल्लोदेखि माथिल्लो सबै तहका कर्मचारीको गरेर करिब ९० अर्ब रुपैयाँ सञ्चय छ ।

सञ्चयकर्ताले यस अयोजनाको सेयर सोझै लगानी गर्न भने पाउने छैनन् । इच्छुक सञ्चयकर्ताले कम्पनीेले नियुक्त गरेको सेयर विक्री प्रबन्धकमार्फत नियमानुसार सेयरका लागि आवेदन दिनुपर्ने छ ।

वर्ष ५, अंक ४८, २०६७, साउन १७–२३

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्