ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

शिवम् सिमेन्टद्वारा बीमा पोलिसी हस्तान्तरण

२०७८ मंसिर, ९  
बजार
NA

काठमाडौं (अस) । शिवम् सिमेन्टले निर्माणकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आँबुखैरेनी, मुग्लिङ, डुम्रे, दमौली र गोरखाका २६० निर्माणकर्मीसँग परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।

अन्तरक्रियामा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श दिइनुका साथै सहभागी निर्माणकर्मीका लागि ५ लाख बराबरको दुर्घटना बीमा गरी सोही कार्यक्रममार्फत बीमा पोलिसी हस्तान्तरण गरियो । हरेक दिन जोखिमपूर्ण काम गर्दै आएका निर्माणकर्मीलाई दृष्टिगत गरी कम्पनीले लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको छ ।

देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तरक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीका लागि ५ लाख बराबरको जोखिम वहन गर्ने गरी बीमा गरेको थियो ।

कम्पनीले आँबुखैरेनी, मुग्लिङ, गोरखा, दमौली र डुम्रेका २६० निर्माणकर्मीसँग परामर्श तथा बीमा कार्यक्रम सम्पन्न गरेको हो । पहिलो चरणअन्तर्गत भदौ तथा असोजमा काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरीलगायत विभिन्न १६ स्थानमा १ हजारभन्दा बढी निर्माणकर्मीसँग प्राविधिक अन्तरक्रिया गरी उनीहरुको जोखिम बीमा गराइसकेको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्