ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

हरिनगरा, इटहरी र गौरमा ‘युवासँग महालक्ष्मीलाइफ’

२०७८ मंसिर, ९  
बजार
Image Not Found

काठमाडौं (अस) । महालक्ष्मी लाइफ इन्स्योरेन्सले बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत सुरु गरेको ‘युवासँग महालक्ष्मी लाइफ’ कार्यक्रम सुनसरीको हरिनगरा, मोरङको इटहरी र रौतहटको गौरमा सम्पन्न भएको छ ।

कम्पनीले मंसिर ५ गते इटहरी नमुना कलेजमा ५० जना विद्यार्थीको उपस्थितिमा उक्त कार्यक्रम सञ्चालन गरेको हो । क्याम्पस प्रमुख डीएन न्यौपाने सहभागी कार्यक्रममा बीमासम्बन्धी कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले प्रशिक्षण दिएका थिए । त्यसैगरी सोही दिन हरिनगरा माविमा करिब १५० जना विद्यार्थीमाझ बीमासम्बन्धी प्रशिक्षण वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाले दिएको कम्पनीले बताएको छ ।

कार्यक्रममा बीमाको आवश्यकता र औचित्यबारे हरिनगरा शाखाप्रमुख सञ्जय साह तथा उपक्षेत्रीय प्रमुख हिरा निरौलाले प्रकाश पारेका थिए । त्यसैगरी मंसिर ६ गते  गौरीशंकर बहुमुखी क्याम्पस गौर, रौतहटमा ५० जना स्नातक तहका विद्यार्थी उपस्थित कार्यक्रमको अध्यक्षता क्याम्पस प्रमुख रमेश श्रीवास्तवले गरेका थिए । उक्त कार्यक्रममा बीमाको महत्वबारे कम्पनीका गौर क्षेत्रका बजार प्रमुख राजेशकुमार साह र बीमासम्बन्धी प्रशिक्षण क्षेत्रीय प्रमुख दिगम्बर प्रसादले दिएका थिए । कार्यक्रमले जनस्तरमा बीमाबारे बुझ्न र समाजमा रहेका बीमासम्बन्धी अन्योल हटाउन सहयोग पुग्ने विश्वास कम्पनीको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्