ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

ग्लोबल आइएमई बैंक–नेपाल टेलिकम सम्झौता

२०७८ मंसिर, ९  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । ग्लोबल आइएमई बैंकले ग्राहकलाई मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ । डिजिटल बैंकिङ क्षेत्रमा ग्लोबल आइएमई बैंकको यो नयाँ पहल हो । यो सुविधा नेपाल टेलिकमको सिम भएका ग्राहकलाई उपलब्ध हुनेछ ।

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नवीनतम प्रविधिमा अभ्यस्त गराउँदै बैंक नै आफ्नो हातमा पुर्‍याउने उद्देश्यका साथ यो योजना सार्वजनिक गरेको हो । यो सुविधा उपलब्ध गराउन ग्लोबल आइएमई बैंक र नेपाल टेलिकमबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

समझदारीपत्रमा बैंकको बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र नेपाल टेलिकमका प्रमुख व्यापार अधिकृत संगीता पहाडीले हस्ताक्षर गरे । बैंकले समय–समयमा विभिन्न किसिमका योजना ल्याई ग्राहकलाई विस्तारित बैंकिङका साथै अन्य सेवा उपलब्ध गराउँदै आएको छ । बैंकले हाल २८७ शाखा, २५२ एटीएम, २६३ शाखारहित बैंकिङ, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयबाट बैंकिङ सेवा दिँदै आएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्