ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

१०.३२% लाभांश पारित गर्न एभरेष्ट बैंकले बोलायो २७औं साधारण सभा

२०७८ मंसिर, ९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ९, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको २७औं साधारण सभा पुस १ गते हुने भएको छ ।

सभा कम्पनीको केन्द्रीय, कार्यालय, लाजिम्पाट, काठमाडौंमा बिहान ११:३० बजे शुरु हुने भएको हो । कम्पनीको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ४ दशमलव ३२ प्रतिशत नगद लाभांश गरी कुल १० दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले कम्पनीको जारी तथा चुक्तापूँजी वृद्धि गरी प्रवन्धपत्र संशोधन गर्ने, सभाले आव २०७७/७८ को नाफा नोक्सान हिसाबत तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक तोक्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १७ गते (एक दिन) बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा मंसिर १६ गतेसम्म कायम शेयरधनीहरु मात्र उक्त सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्