ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

नेशनल लाइफ इन्स्योरेन्सको ५७ हजार १९२ कित्ता संस्थापक शेयर विक्रीमा

२०७८ मंसिर, ९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ९, काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले ५७ हजार १९२ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले बिहीवार एक सूचना जारी गर्दै कम्पनीको संस्थापक शेयरधनी एनआईसी एशिया बैंकको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन ।

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय, लाजिम्पाट, काठमाडौंमा आइपुग्ने गरी निवेदन पेश गर्न अनुरोध गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा अन्य जो कोही व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्