ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

ज्योति विकास बैंकले यस वर्ष १५.५ % लाभांश वितरण गर्ने

२०७८ मंसिर, ९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ९, काठमाडौं । ज्योति विकास बैंकले यस वर्ष कुल १५ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

 कम्पनीको बिहीवार बिहान बसेको सञ्चालक समितिको बैठकले ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागिसमेत ४ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
 कम्पनीले गत आर्थिक वर्ष २०७७/ ७८ को वितरणयोग्य रकम रू. ५९ करोड ६९ लाख ३८ हजार ८१८ बाट हाल कायम चुक्तापूँजी रू. ३ अर्ब ८४ करोड ४८ लाख २२ हजारको आधारमा उक्त लाभांश वितरण गर्ने निर्णय गरेको जानकारी दिएको छ । 

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरणयोग्य हुनेछ ।


 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्