ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

सामलिङ्ग पावरको दोस्रो बजारमा कारोबार शुरु, प्रतिकित्ता मूल्य रू. २९६.३०

२०७८ मंसिर, ९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ९, काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको शेयर कारोबार आजदेखि दोस्रो बजारमा शुरु भएको छ ।

 कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २९६ दशमलव ३० मा कारोबार शुरु भएको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको १४ कित्ता शेयर खरीदविक्री भएको छ । 

बुधवार कम्पनीको ५० लाख कित्ता आईपीओ नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको हो ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्य रेञ्ज रू.९८ दशलमव ७७ देखि २९६ दशमलव ३१ तोकेको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । 

कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ७ लाख ३० हजार कित्ता,उद्योग प्रभावित क्षेत्रका लागि निष्कासन गरेको ५ लाख कित्ता र कम्पनीका संस्थापकहरुको ३७ लाख ७० हजार कित्ता गरेर कुल ५० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । 

कम्पनीको स्टक कोड एसपीसी रहेको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्