ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

बिहीवार सुनको मूल्यमा झिनो गिरावट, चाँदीको भाउ भने बढ्यो

२०७८ मंसिर, ९  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ९, काठमाडौं । बिहीवार पनि नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । स्थानीय बजारमा अघिल्लो कारोबारको दिन अर्थात् बुधवार रू. ५०० ले घटेको सुनको भाउ बिहीवार रू. १०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला रू. ९१ हजार ७०० मा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९१ हजार ८०० मा कारोबार भएको थियो । बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला रू. १०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार २०० मा कारोबार भएको छ । बुधवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ३०० मा कारोबार भएको थियो ।

यस्तै, बिहीवार चाँदीको मूल्य भने बढेको छ । बुधवार प्रतितोला रू. १ हजार २२५ मा कारोबार भएको चाँदी बिहीवार रू. ५ ले बढेर रू. १ हजार २३० मा किनबेच भइरहेको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्