ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

जाजरकोट जिल्ला अस्पतालमा अक्सिजन उत्पादन शुरु

२०७८ मंसिर, ९  
कर्णाली प्रदेश
Image Not Found

मंसिर ९, जाजरकोट । जिल्ला अस्पताल जाजरकोटमा जडान गरिएको अक्सिजन प्लान्टले उत्पादन शुरु गरेको छ । रू. ८० लाखमा खरीद गरिएको उक्त  प्लान्टबाट दैनिक ४० भन्दा बढी सिलिण्डर भर्न सकिने छ । 

५० शय्याको जिल्ला अस्पतालका नयाँ संरचना निर्माण समेत जारी छ । झण्डै रू. ३२ करोडमा नयाँ अत्याधुनिक भवन बन्ने जानकारी दिइएको छ  । 

भवन निर्माण ७० प्रतिशत पूरा भएको छ । कर्णाली प्रदेशका सुर्खेत र जाजरकोटमा मात्र ५० शश्याको अस्पताल छ । प्रदेश सरकारका मतहतमा स्वास्थ्य सेवा कार्यालय भए पनि संघीय बजेटमा सो प्लान्ट खरीद गरिएको जानकारी दिइएको छ । 

पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले प्लान्टको शुभारम्भ गर्दै जिल्लाको स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनका आफू सधैँ सक्रिया भएको बताए । स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख टीकाराम जैसीले अक्सिजन उत्पादनसँगै स्वास्थ्य सेवा प्रवाहमा थप सहज भएको बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्