ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

प्रभु सेलेक्ट फण्डसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

२०७८ मंसिर, ९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ९, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको साढे दुई घण्टाको अवधिमा कारोबारमा आएका २२८ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।

ग्लोबल आइएमई समुन्नत स्किम १, प्रभु सेलेक्ट फण्ड, माछापुच्छ्रे बैंक, महालक्ष्मी विकास बैंक र सामलिङ्ग पावर कम्पनीको धितोपत्रमा उच्च खरीद माग रहेको हो ।

यी पाँच धितोपत्रमध्ये सबैभन्दा बढी ग्लोबल आइएमई समुन्नत स्किम १ को ६ लाख १२ हजार ३३५ इकाई खरीद माग रहेको छ । त्यसैगरी प्रभु सेलेक्ट फण्डको ५ लाख ७० हजार २३० इकाई, माछापुच्छ्रे बैंकको ४ लाख ९ हजार ४०५ कित्ता, महालक्ष्मी विकास बैंकको ४ लाख ९ हजार ४०५ कित्ता र सामलिङ्ग पावर कम्पनीको २ लाख ४५ हजार ८८४ कित्ता शेयर खरीद माग रहेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्