ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस् कार्यक्रम शुरु

२०७८ मंसिर, ९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ९, काठमाडौं । न्यू बिजनेश एज प्रालिद्वारा आयोजित ‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ कार्यक्रम शुरु भएको छ ।

बिहीवार काठमाडौस्थित र्‍याडिसन होटलमा उक्त कार्यक्रम शुरू भएको हो । न्यू बिजनेश एज प्रालिले आयोजना गरेको समिट एन्ड अवार्ड समारोहमा पहिलो चरणमा सर्ट लिस्टमा परेका पाँच जना उद्यमीको घोषणा गरिंदै छ भने दोस्रो चरणमा प्यानलमा छलफल हुँदै छ, तेस्रो चरणमा उत्कृष्ट उद्यमीहरूलाई सम्मान गरिनेछ ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै न्यू बिजनेश एज प्रालिका अध्यक्ष मदन लम्सालले सफल स्टार्टअप उद्यमहरुलाई पुरस्कृत गर्दा अन्यन युवाहरुलाई पनि उद्यमी बन्न सहयोग पुग्ने बताएका छन् । साथै, यसमार्फत् देशको अर्थतन्त्रमा सहयोग गर्न पनि प्रेरित गर्ने उनको भनाइ छ ।

हाल कार्यक्रममा सर्टलिस्टमा परेका पाँच ओटा स्टार्टअप कम्पनीहरुले आफ्नो प्रस्तुती दिइरहेका छन् । यस कार्यक्रमको पहिलो चरणमा सर्ट लिस्टमा परेका पाँच जना उद्यमीको घोषणा गरिएको छ । दोस्रो चरणमा प्यानलमा छलफल हुँदै छ, तेस्रो चरणमा उत्कृष्ट उद्यमीहरूलाई सम्मान गरिनेछ ।

कार्यक्रममा नवीनतम सोच लिएर उद्यम गरिरहेकाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले सातै प्रदेशबाट उद्यमीहरू छनोट गरेर ल्याइएको छ । स्वतन्त्र विज्ञहरू सम्मिलित निर्णायक मण्डलबाट उत्कृष्ट छनोट गरिएकालाई नगद पुरस्कारसहित अवार्ड, प्रमाणपत्र दिन दिने कार्यक्रम रहेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्