ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

थप ३०८ जनामा कोरोना संक्रमण, २९८ जना संक्रमणमुक्त

२०७८ मंसिर, ९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

मंसिर ९, काठमाडौं । नेपालमा विगत  २४ घण्टामा थप ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार ७ हजार १०४ पीसीआर परीक्षणमा २८१ जना र १ हजार ८०५ एन्टिजेन परीक्षणमा २७ जना गरी कुल ३०८ जनामा भाइरसको संक्रमण देखिएको हो ।

त्यस्तै सोही अवधिमा देशभर ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार बिहीवार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३४९ पुगेको छ ।

यसैगरी, बिहीवार २९८ जना निको भएसँगै हालसम्म ८ लाख १ हजार ४२० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

 

 

 

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्