ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

उद्यमी सुवोधकुमार गुप्ता नेपाल–यूएई बिजनेश काउन्सिलको उपाध्यक्ष मनोनित

२०७८ मंसिर, ९  
समाचार
Image Not Found
तस्वीर : सपथपछि राजदूत अलनक्बीसँग उद्यमी गुप्ता (बायाँ)
author avatar अभियान संवाददाता

मंसिर ९, काठमाडौं । उद्यमी सुवोधकुमार गुप्ता नेपाल यूएई बिजनेश काउन्सिलको द्वितीय उपाध्यक्षमा मनोनित भएका छन् । 

वीरगञ्ज उद्योग वाणिज्य संघ तथा नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य रहेका गुप्तालाई नेपालस्थित यूएई दूतावासले सो पदमा मनोनित गरेको हो । 

दूतावासले बिहीवार काठमाडौंमा एक समारोह आयोजना गरी सपथ ग्रहण गराएको छ । नेपालका लागि यूएईका राजदूत साइद हमदन अलनक्बीले सपथ गराएका हुन् । यूएई दूतावास र सीईओ क्लब ग्लोबल नेपाल र सेन्टर फर डिप्लोम्याटिक डायलगको सहकार्यमा काउन्सिल गठन भएको हो । 

गुप्तालाई केही समयअघि फ्रान्सको यूरोपियन इन्टरनेशनल युनिभर्सिटीले ग्लोबल लिडरशीप एण्ड म्यानेजमेन्टअन्तर्गत मानार्थ विद्यावारिधी प्रदान गरेको थियो । काउन्सिलको माध्यमबाट आपसी औद्योगिक व्यापारिक लगानीका अवसरहरूको खोजी र उपयोग प्रभावकारी हुने विश्वास गुप्ताले व्यक्त गरे । 

नेपाल र यूएई बीच पारस्परिक व्यापारिक सम्बन्ध विस्तार र औद्योगिक अनुभव तथा अवसर अदानप्रदानमा लागि पर्ने गुप्ताले बताए । यसैबीच वीरगञ्ज उद्योग वाणिज्य संघ र नेपाल चामल तेल दाल उद्योग संघले विज्ञप्ति निकालेर गुप्तालाई शुभकामना दिएका छन् । 

यूएई बिजनेश काउन्सिलमा गुप्ताको सहभागिताले औद्योगिक तथा व्यापारिक अवसरहरूको प्रवर्द्धन र संस्थागत विकासमा योगदान पुग्ने विश्वास पनि ती संस्थाले प्रकट गरेका छन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्