ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Apache RTR 200 ABS

उद्यमी सुबोधकुमार गुप्ता नेपाल–युएई बिजनेश काउन्सिलको उपाध्यक्षमा मनोनीत

२०७८ मंसिर, १०  
समाचार
NA

काठमाडौं (अस) । उद्यमी सुबोधकुमार गुप्ता नेपाल–यूएई बिजनेश काउन्सिलको द्वितीय उपाध्यक्षमा मनोनित भएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघ तथा नेपाल चामल तेल दाल उद्योग संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य रहेका गुप्तालाई नेपालस्थित यूएई दूतावासले सो पदमा मनोनीत गरेको हो । दूतावासले बिहीवार काठमाडौंमा एक समारोह आयोजना गरी सपथ ग्रहण गराएको छ । नेपालका लागि यूएईका राजदूत साइद हमदन अलनक्बीले सपथ गराएका हुन् । यूएई दूतावास र सीईओ क्लब ग्लोबल नेपाल र सेन्टर फर डिप्लोम्याटिक डायलगको सहकार्यमा काउन्सिल गठन भएको हो ।

काउन्सिलको माध्यमबाट औद्योगिक व्यापारिक लगानीका अवसरहरूको खोजी र उपयोग प्रभावकारी हुने विश्वास गुप्ताले व्यक्त गरे । यसैबीच वीरगञ्ज उद्योग वाणिज्य संघ र नेपाल चामल तेल दाल उद्योग संघले विज्ञप्ति निकालेर गुप्तालाई शुभकामना दिएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्